१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:४० पूर्वाह्न
राजनीति

निजी क्षेत्र सक्रिय नभएसम्म पर्यटन क्षेत्रको विकास हुन सक्दैनः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् ।

शुक्रबार आ.व. २०८२-०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा पर्यटन, नागरिक उड्डयन तथा संस्कृति क्षेत्रमा समेटिनु पर्ने विषयका सन्दर्भमा सरोकारवालासँग छलफल र सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रले मात्रै पर्यटन क्षेत्रको विकास गर्ने बताए । 

उनले भने, 'नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनु पर्छ । निजी क्षेत्रप्रति राज्यले उदार भावनाले सहयोग गर्छ ।' मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरु भित्रने भएकाले राज्यले ठूलो लाभ लिने बताए । 

मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभइ नीतिमा बनाउने बताए । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई विशेष क्षेत्रमा राख्नु पर्ने, हवाई भ्याट घटाउनु पर्ने, विदेशीहरुको भिसा लम्बाउने सहजीकरण गर्नु पर्ने, नेपालको एयरलायन्सको संख्या बढाउनु पर्ने, कैलाश मानसरोवर जाने भारतीय पर्यटकहरुलाई नेपालको रुटमा आवश्यक सुरक्षा प्रवन्ध गरेर अघि बढ्नु पर्ने, तिर्थाटन लगायतका पर्यटन क्षेत्रमा विशेष ध्यान दिनु पर्नेमा सुझाव दिएका थिए ।  

मन्त्री पाण्डेले उक्त सुझावलाई आत्मसाथ गरेर अघि बढ्ने वचनबद्धता व्यक्त गरे।

प्रकाशित: १५ चैत्र २०८१ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App