१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:१९ अपराह्न
राजनीति

बाबुरामले भेटे राष्ट्रपति

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। 

राष्ट्रपति पौडेल भेट्न आफू शुक्रबार (आज) शीतल निवास गएको भट्टराईले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन्।

'आज राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिबारे संवाद गर्ने सुअवसर प्राप्त भयो,' उनले भनेका छन्।  

भट्टराईले राष्ट्रपतिमा जनताले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक राज्य प्रणालीको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति रहेको बताएका छन्।

'स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक,आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून्  र जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो,' उनले भनेका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App