नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहको आत्मघाती मूर्खताले समाप्त भएको राजतन्त्रलाई राजावादीहरूले ब्युताउँछन् भन्नु आकाश खसाल्नु जस्तै भएको टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै रिजालले यस्तो टिप्पणी गरेका हुन्। उनले सेना, प्रहरी, परम्परागत वैधता र अन्तर्राष्ट्रिय मान्यता हुँदाहुँदै ज्ञानेन्द्र शाहको आत्मघाती मूर्खताले समाप्त भएको राजतन्त्रलाई पञ्चायतका प्रेतात्मा, बैंक ठग र केही नौला कथित राजावादीहरूले ब्युताउँछन् भन्नु आकाश खसाल्नु जस्तै पूर्णतः असम्भव र हास्यास्पद कुरा भएको बताए।
अरूको उक्साहटमा देशमा अराजकता. अस्तव्यस्तता र निराशा सिर्जना गर्दा त्यसको मार स्वयं ज्ञानेन्द्र र उनको व्यापार-व्यवसायलाई पनि पर्ने जिकिर गरे।
रिजालले लेखेका छन्, 'सेना, प्रहरी, परम्परागत वैधता र अन्तर्राष्ट्रिय मान्यता हुँदाहुँदै ज्ञानेन्द्र शाहको आत्मघाती मूर्खताले समाप्त भएको राजतन्त्रलाई पञ्चायतका प्रेतात्मा, बैंक ठग र केही नौला कथित राजावादीहरूले ब्युताउँछन् भन्नु आकाश खसाल्नु जस्तै पूर्णतः असम्भव र हास्यास्पद कुरा हो। अरूको उक्साहटमा देशमा अराजकता. अस्तव्यस्तता र निराशा सिर्जना गर्दा त्यसको मार स्वयं ज्ञानेन्द्र र उनको व्यापार-व्यवसायलाई पनि पर्छ।'
पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन्। आज राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरूले प्रदर्शन गर्दै छन्। यस प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा केही राजा र हिन्दूवादी सङ्घसंस्थाहरूले पनि समर्थन जनाएका छन्।
प्रकाशित: १५ चैत्र २०८१ ०७:२१ शुक्रबार