नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको भन्दै प्रतिपक्षीहरुले विरोध गरेपछि प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ।
उनीहरुले नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको धारणा माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएपछि बैठक स्थगित भएको हो।
विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरु उठेर विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरेका छन् । तर, सांसदहरू उभिरहेपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेपछि स्थगित गरेका हुन् ।
प्रकाशित: १३ चैत्र २०८१ ११:५६ बुधबार