काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् ।
मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,'यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल।,'
अवैधानिक रूपमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए ।
यस्तो छ प्रतिवेदन:






प्रकाशित: १२ चैत्र २०८१ १२:१८ मंगलबार