१४ चैत्र २०८१ बिहीबार
image/svg+xml १:२५ पूर्वाह्न
राजनीति

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आवश्यक अग्रसरता लिने कांग्रेसको निर्णय

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आवश्यक आग्रसरता लिने निर्णय गरेको छ।

आइतबार (आज) पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ। यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ।'

अगाडि भनिएको छ, 'नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो।'

कांग्रेसले संविधान र संविधानमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गरेको छ।

प्रकाशित: १० चैत्र २०८१ २०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App