१३ चैत्र २०८१ बुधबार
image/svg+xml २:३२ पूर्वाह्न
राजनीति

विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेश गर्दैछौँः कानूनमन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायँबारे विधेयक चालु संसदको चालु अधिवेशनमा पेश हुने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्। उनले विवाह उमेर भन्दा कम उमेरमा हुने विवाहबारे हुने सजाय घटाउने गरी सहमति भएको बताए। उनले उमेरभन्दा अघि विवाह गरेको भए उमेर नपुगेसम्म अविभावकसँग छुट्टाछुट्टै बस्नुपर्ने र उमेर पुगेपछि विवाह गर्ने वा नगर्ने निर्णय गर्न पाउने व्यवस्था विधेयकमा गरेको बताए।

नावालिगबीच भएको आपसी सम्बन्धलाई कानूनअनुसार बलात्कार ठहर्ने भएकाले सजायँ घटाएर तीन वर्ष कायम गर्ने सर्वोच्चको फैसलालाई विधेयकमा समावेश गरेको उनको भनाइ छ । उनले लिभिङ टुगेदरलगायतका विषयमा हुने विभिन्न मुद्दाका बारेमा छलफलमा भए कुनै निर्णयमा नपुगेको बताए।

उनले भने, ‘१८ र २० वर्ष केटाकेटीको विवाह  चाहे परिवारको सहमतिमा होस् वा आफैले गरेको अवस्थामा सजाय घटाइ दिने । जरिबाना दुई चार पाँच हजारमात्रै राख्ने र विवाहको उमेर नपुगेसम्म आफ्नो आफ्नो आमा बाबुसँग बस्ने । छुट्टाछुट्टै बस्ने र विवाहको उमेर २० वर्ष पुगेपछि विवाह गर्ने कि नगर्ने भनेर त्यतिबेला निर्णय गर्ने । ३५ दिनभित्र गर्नुपर्ने निर्णय गर्नुपर्ने बालिग हुनासाथ भन्ने अप्सनमा छलफल गर्दै छौँ । माननीय गृहमन्त्रीले भन्नुभयो रोमियो जुलियटको कुरा । नाबालिग केटाकेटीको उमेर ३ वर्षभन्दा कम छ र उनीहरुबीचमा आपसी सम्बन्ध भयो भने कानुनले पनि रेप केस लाग्ने गरेको छ, त्यस्तोमा सजायँ घटाएर ३ वर्षसम्म गर्ने सर्वोच्चले निर्णय पनि गरेको छ । यस्तै अन्य लिभिङ रिलेसनका सम्बन्धमा पनि कुरा उठेको छ सहमतिमा जाने र रेप मुद्दा लाग्ने विषयमा अहिले खासै कुरा अगाडि बढेको छैन । तर विवाहको उमेर र सजायको बारेमा यही पार्लियामेन्टमा विधेयक जाँदै छ ।’

प्रकाशित: १० चैत्र २०८१ १६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App