१३ चैत्र २०८१ बुधबार
image/svg+xml १२:२४ अपराह्न
राजनीति

समतामूलक समाज निर्माणमा सरकारको तदारूकता आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्धेश्य प्राप्‍त गर्न सकिने बताएका छन् । त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको उनको भनाइ छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्धेश्य प्राप्‍त हुने उल्लेख गरे।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।

उनले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिएको बताए ।  

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रकाशित: १० चैत्र २०८१ १५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App