२० चैत्र २०८१ बुधबार
image/svg+xml २१:४३ अपराह्न
राजनीति

अहिलेका सरकारहरूले राजाले जति काम गर्न सकेनन्: अध्यक्ष बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रजातन्त्र पुन: स्थापनापछि बनेका सरकारहरूले राजा महेन्द्रले जति पनि काम गर्न नसकेको आरोप लगाएका छन्। 

राजा महेन्द्रले किसानको पक्षमा भूमिसुधार कानुन ल्याएर बहुमत किसानको हितमा काम गरेको तर अहिलेका कम्युनिष्ट भन्ने सरकारहरूले मजदुर किसानको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए। वर्गीय रुपमा राजाहरू गरिब वर्गको नभई सामन्त वर्गमै रहे पनि कुनै कुनै राजाले देश र जनताका लागि काम गर्ने गरेको उनले सुनाए। 

सोमबार (आज) भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै बिजुक्छेले जनताका पक्षमा सरकारले काम गर्न नसक्दा अहिले ठूला राजनीतिक दलका नेताहरू राजादेखि डराएको टिप्पणी गरेका छन्।

आफूले केही काम गर्न नसकेका कारण जनता फेरि राजाका पक्षमा जालान् भनेर ठूला दलका ठूलै नेताहरू पनि त्रासमा रहेको उनको भनाइ रहेको थियो। गइसकेको राजतन्त्र कुनै हालतमा नफर्किने उनको दाबी छ। 

प्रकाशित: २६ फाल्गुन २०८१ २०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App