पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू काठमाडौंको विमानस्थलको मुख्य गेट अगाडि भेला भएका छन् ।
समर्थकहरूको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरूको तैनाथ पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।
विमानस्थल अगाडि भेला भएका राजा समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले देशले राजा मागेको भन्दै नारा लगाएका छन्।
पूर्वराजा शाह आजै कास्कीको पोखराबाट काठमाडौं फर्कने तयारी छ । काठमाडौं फर्किएर उनी महाराजगन्जस्थित निर्मल निवास जानेछन् ।
प्रकाशित: २५ फाल्गुन २०८१ १४:४३ आइतबार





