११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा सांसदहरुः एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ

राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरे।

उनले भने, ‘रुकुम पश्चिममा दुई वटा विमानस्थल छ, एउटा सदरमुकाम रहेको सल्य विमानस्थल र अर्को पश्चिममा रहेको चौरजारी विमानस्थल । आज दुवै विमानस्थल उडान भएको छैन । सदरमुकामको विमानस्थल २०८१  पुस २ गतेदेखि सञ्चालन भएको छैन । यथाशिघ्र सञ्चालनका गर्नका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताए। उनले यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दैछ भन्ने बारे सदनमा जानकारी गराउन सरकारको ध्यानकर्षण गराए।

उनले भने, ‘अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्द भएको छ । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थामार्फत नेपालमा प्रदान गरिदै आएका सहायताहरुले नेपालका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने कृत्रिम हातखुट्टाहरु, बालबालिका तथा विद्यार्थीलाई दिएको शिक्षा लगायतका विभिन्न क्षेत्रहरुमा कस्तो प्रभाव परेको छ । ६ हजार भन्दा बढी रोजगारी गुमेको छ । वार्षिक २० अर्ब अर्थतन्त्रमा प्रभाव परेको छ यो सन्दर्भमा के प्रभाव पारेको छ भनेर सरकारले अध्ययन गरोस् र सदनमा जानकारी बनायोस् ।’

राष्ट्रिय सभा सदस्य पूजा चौधरी सिरहामा रिङ्कु सदाको बलात्कारपछि भएको हत्यामा संलग्न हत्यारालाई समात्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘छोरी भएकै कारण कहिले ममता काफ्ले, कहिले प्रकृति लम्साल त कहिले रिङ्कु सदा । के छोरी भएर जन्मिनु पाप हो रु मधेस प्रदेश सिरहा नवराजपुर गाउँपलिका भगवति टोल निवासी रिङ्कु सदाको बलात्कारपछि आफैँमा पीडादायी छ । २६ दिन बितिसक्दा पनि उनको हत्यारा फरार रहेको र राज्यले पनि क्षतिपूर्ति उपलब्ध नगराएको अवस्थामा छिटोभन्दा छिटो क्षतिपूर्ति उपलब्ध र अपराधिलाई समान्त अनुरोध गर्दछु ।’

राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनीले शिक्षा विधेयक छिटो पास गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले संविधान बनेको १० वर्षमा सबै पार्टीहरु सरकारको सञ्चालनमा पुगेपनि शिक्षा विधेयक नबन्नु सबै सरकारको कमजोरी भएको आरोप लगाइन्।

उनले भनिन्, ‘अहिले विद्यालयका शिक्षक शिक्षिका आन्दोलनमा हुनुहुन्छ  उहाँहरुको माग त्यति ठूलो पनि छैन । मात्रै शिक्षा विधेयक चाँडै पास  गरियोस् भन्ने उहाँहरुको कुरा जायज पनि छ । संविधान बनेको १० वर्षमा सबै पार्टीका नेताहरुले सरकार बनाउनुभयो, देश चलाउनुभयो तर शिक्षा विधेयक अहिलेसम्म नबन्नुमा सबै सरकारहरुको कमजोरी हो त्यसैले सामुदायिक विद्यालयहरुको शिक्षक शिक्षिकाहरुको समस्या समाधानका लागि छिटो भन्दा छिटो शिक्षा विधेयक पास होस् भनी सरकारको ध्यानाकर्षण गराउँछु ।’

शुन्य समयमा सदस्यहरुले आफ्ना जिल्लामा अवरुद्ध विकास निर्माण तथा उद्योग व्यवसाय सुचारु गराउन सरकारको ध्यानाकर्षण राएका थिए । 

प्रकाशित: २२ फाल्गुन २०८१ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App