१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज (मंगलबार) संघीय संसद अन्तर्गतका दुई समितिहरूको बैठक बस्दै छ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे बस्ने छ। यस बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: २० फाल्गुन २०८१ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App