राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले केही गर्छु भनेर राजनीतिमा आएका युवाहरू सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने बताएका छन्।
पार्टीको काठमाडौं जिल्लाका अधिवेशन सम्पन्न वडा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताएका हुन्।
'तपाईंहरूलाई दिइएको जिम्मेवारी इमान्दरीपूर्वक निर्वाह गर्नुस्। समाजका लागि केही गर्छु भनेर राजनीतिमा आउनुभएका युवाहरूले सशक्त ढंगले अघि बढ्नुपर्छ,' उनले भने।
त्यसैगरी महामन्त्री कविन्द्र बुर्लाकोटीले वडा समितिले वडा स्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरू र वडाका गतिविधिहरूको अनुगमनलगायका थुप्रै कामहरू गर्नुपर्ने बताए।
प्रकाशित: १६ फाल्गुन २०८१ १६:२३ शुक्रबार