२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १४:१८ अपराह्न
राजनीति

राजनीतिक शक्ति र विचार अटाउने मौलिक प्रजातन्त्रको विकास गरौँ : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक शक्ति र विचार अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने बताएका छन्।

'परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारका बीचमा सामञ्जस्यता खोजौँ। सबै राजनीतिक शक्ति र विचार अटाउने मौलिक प्रजातन्त्रको विकास गरौँ,' उनले भनेका छन्।

यसअघि गत ६ गते पूर्वराजा ज्ञानेन्द्रले देश जोगाउनका लागि आफूलाई साथ दिनका लागि आह्वान गर्दै एक सन्देश जारी गरेका थिए। अध्यक्ष थापाले पूर्वराजाले मार्मिक रूपमा देशको चित्रण गरेको टिप्पणी गरेका थिए।

यसपछि नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले त्यसका प्रति कडा टिप्पणी गरेका थिए। यसपछि अध्यक्ष थापाले यस्तो बताएका हुन्। यसबारे ठन्डा दिमागले सोच्नका लागि उनले भट्टराईलाई अपिल गरेका छन्।

उनले अगाडि भनेका छन्, 'स्वयम् बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होइन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आइरहेको छ।'

प्रकाशित: ८ फाल्गुन २०८१ २१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App