प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिमा अलि पछि आएकाले सिक्दै गरेको बताएका छन्।
मङ्गलबार (आज) जारी संसद् बैठकमा बोल्दै घिमिरेले यस्तो बताएका हुन्। 'उहाँहरू अलि पछि संसदीय राजनीतिमा आउनुभयो, सिक्नै हुनुहोला। त्यो छुटचाहिँ उहाँहरूलाई दिनुपर्छ,' उनले भने।
अध्यादेशको सन्दर्भ झिक्दै घिमरेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा संसद्को मुखैमा आएका अध्यादेशहरूलाई आफूहरूले समर्थन जनाएको तर, अहिले आएर माओवादीले निहुँ खोजिरहेको बताए।
अहिले आएका अध्यादेशहरूमा कोकोहोला मच्चाउनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै भने, 'अध्यादेशमा के छन् त्यस्ता चिज, जसले यतिका धेरै कोकोहोला गर्नुपर्यो ? पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाखेरि ९ वटा कानूनलाई संशोधन गर्नेगरी अध्यादेश जारी भएको थियो संसद्को मुखैमा। त्यसबेला हामी अपोजिसनमा थियौँ। हामीले खुला दिलले साथ दियौँ। आवश्यक कुरालाई समर्थन गर्न पनि जान्नुपर्छ, सक्नुपर्छ।'
प्रकाशित: ६ फाल्गुन २०८१ १४:४८ मंगलबार





