५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

आधुनिक सुविधायुक्त शहरी पूर्वाधार निर्माणमा वृहत लगानी आवश्यक : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरी विकासको पूर्वाधारको पहुँच बिस्तार गर्ने उद्देश्यले सरकारले नयाँ राष्ट्रिय शहरी नीति २०८१ ल्याएको बताएका छन्। शुक्रबार (आज) ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समृद्ध शहर निर्माण गर्न राष्ट्रिय शहरी नीति ल्याएको बताएका हुन्।

उनले दूरदृष्टिसहित शहर विकासको पूर्वाधारको पहुँच बिस्तार गर्ने पनि स्पष्ट पारेका छन्। उनले जीवनस्तरमा सुधार ल्याउन आधुनिक सुविधायुक्‍त शहरी पूर्वाधार निर्माणमा वृहत लगानीको आवश्यक रहेको पनि स्पष्ट पारेका छन्। 

मन्त्री सिंहले भने, ‘सरकारले समावेशी र समृद्ध शहर निर्माणको दूरदृष्टिसहित सरोकारवालाहरूसँग समन्वय र सहकार्यमै शहरी योजना निर्माण नियमन र व्यवस्थापनको उपयुक्त माध्यममार्फत उत्थानशील शहर विकासको पूर्वाधारको पहुँच बिस्तार गर्ने उद्देश्यले नयाँ राष्ट्रिय शहरी नीति २०८१ ल्याइसकेको छ।’ 

उपप्रधानमन्त्री सिंहले शहरी विकास पूर्वाधारको राष्ट्रिय लक्ष्य पूरा गर्न परम्परागत विकास मोडल तथा आर्थिक स्रोतका अतिरिक्त सरकारी क्षेत्र, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय तथा स्थानीय पुँजी बजारको स्रोत वैकल्पिक वित्तीय उपकरणहरू परिचालन हुनु आवश्यक रहेकोमा पनि जोड दिएका छन्। 

प्रकाशित: २ फाल्गुन २०८१ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App