नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसदमा टेबल हुने बताएका छन्।
सोमबार (आज) चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले टेबल भएपछि संसदबाट छलफलसहित पास हुने बताए। सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने पनि स्पष्ट पारे।
यो विधेयकमा धेरै समस्या रहेको बताउँदै महामन्त्री थापाले विधेयक नसच्याइ, परिमार्जन नभइ र संशोधन बिना पारित नहुने दाबी गरेका छन्।
प्रकाशित: २८ माघ २०८१ १४:१० सोमबार





