११ चैत्र २०८१ सोमबार
image/svg+xml
राजनीति

'मेघको आवाज रोक्ने कोसिस गर्‍यौ भने तिमीहरू भस्म हुन्छौ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद हरि ढकालले सामाजिक सञ्जाल विधेयकलाई लिएर सरकारलाई खबरदारी गरेका छन्।

बुधबार साँझ फेसबूकमा काव्यिक लयमा लेखेका उनले भनेका छन्, 'सामाजिक सञ्जाल बन्द गर। माइकमा हुने स्पिकर निकालेर फालिदेऊ। प्रत्येक एक-एक नागरिकको घाँटीका स्वर यन्त्रहरूको शल्यक्रिया गरेर झिकिदेऊ।'

उनले भोलिका दिनमा रास्वपा प्रमुख शक्तिका रूपमा आउने दाबीसमेत गरेका छन्। उनी लेख्छन्, 'हो यति नै बेला हो यी सब गर्ने। किनकि यो ऋतु नै तिमीहरूको हो। यो समय नै तिम्रो हो। तिमीलाई थाहा छैन नि, बसन्त आउने कुरा।'

रास्वपालाई बसन्त ऋतुसँग दाँजेका उनले अहिलेका शासकलाई रास्वपा प्रमुख शक्तिका रूपमा आउने कुरा थाहा नभएको बताएका छन्।

'गृष्मले समुन्द्र तताएर निस्किएको बाफ जब बादल बनेर वर्षातमा मेघ भयङ्कर गर्जन्छ, त्यो चट्याङको गर्जनको त्यो भयङ्कर आवाज के तिमीहरू सुन्न सक्छौ ? अथवा रोक्न सक्छौ ?,' उनले लेखेका छन्, 'खबरदार, मेघको आवाज रोक्ने कोसिस गर्‍यौ भने तिमीहरू भस्म हुन्छौ। भस्म हुन्छौ, हुन्छौ।'

प्रकाशित: २३ माघ २०८१ २१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App