२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसद् छलेर अध्यादेश ल्याउनु गलत हो : गुरुङ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संसद् छलेर अध्यादेश ल्याउन गलत रहेको बताएका छन्।

शनिबार (आज) प्रेस सेन्टर नेपाल, मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

'संसद् छलेर अध्यादेश ल्याउनु गलत हो,' उनले भने, 'संसद् बोलाउनुको साटो अध्यादेश ल्याउने अभ्यास गर्नुहुँदैन।'

महासचिव गुरुङले सरकारले संसद् बोलाउन छाडेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको आरोप लगाए।

प्रकाशित: १९ माघ २०८१ १८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App