२३ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २:२१ पूर्वाह्न
राजनीति

संसद्‌‌मा पनि रङ्गभेदी व्यवहार गरिन्छ : राउत

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संसद्‌मै रङ्गभेदी व्यवहार गरिने गरेको बताएका छन्।

शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

'संसद्‌मै रङ्गभेदी व्यवहार गरिन्छ,' उनले भने, 'संसद्को मुखिया नै नस्लवादी भएपछि के गर्नु।'

अगाडि उनले भने, 'सिंहदरबारमा पनि त्यही गरिन्छ। गेटमा हामीलाई सोधिन्छ। अझ भाइ आप भारतसे हो भनेर सोधिन्छ। तर, भुटान, बर्मा, अमेरिकी नागरिकता बोकेर कोही आयो भने सहजै छिर्न दिइन्छ।'

प्रकाशित: १८ माघ २०८१ १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App