१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले गरे पाँच जिल्लाका सांसदसँग छलफल

गृहमन्त्री रमेश लेखकले पाँच जिल्लाका सांसदहरूसँग छलफल गरेका छन्।

विवादित पाथीभरा केबलकारको सन्दर्भलाई लिएर उनले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग छलफल गरेका हुन्।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बन्ने भएपछि त्यहाँका बासिन्दाले त्यसलाई रोकिरहेका छन्।

यसबीचमा पटक-पटक झडपसमेत भएको छ। गत आइतबार मात्रै 'नो केबलकार' समूहका चारजना प्रहरीले चलाएको गोलीबाट घाइते भएका छन्।

यसपछि गृहमन्त्री लेखकले सम्बन्धित जिल्लाका सांसदहरूसँग छलफल गरेका हुन्।

प्रकाशित: १५ माघ २०८१ १९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App