९ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री अस्वस्थ, सशस्त्रको कार्यक्रममा गएनन्

स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी दिवसको कार्यक्रममा उपस्थित भएनन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको उनको सचिवालयले जनाएको छ ।

चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको सचिवालयले जनाएको छ। ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरिएको बताइएको छ।  

प्रकाशित: ९ माघ २०८१ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App