राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएकोमा महामहिम श्री डोनाल्ड जे। ट्रम्पलाई हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना। मलाई आशा छ कि नेपाल र संयुक्त राज्य अमेरिका बीचको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तारित हुनेछ।’
साथै, राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: ८ माघ २०८१ ०९:१४ मंगलबार