७ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

२०८१ बाट मात्रै शिक्षक सेवा निवृत्तिभरण कोषमा समावेश हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निवृत्तिभरण ऐनमा शिक्षक सेवा २०८१ सालबाट मात्रै समावेश हुने स्पष्ट पारेकी छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले केही दिनअघि जारी भएको अध्यादेशमा निवृत्तिभरण ऐनबारे उठेका प्रश्नहरूको जवाफ दिइन्।

उनले २०८१ सालमा ऐन लागू भएपछि मात्र शिक्षक सेवा निवृत्तिभरण कोषमा समावेश हुने बताइन्।

मन्त्री भट्टराईले भनिन्, ‘अध्यादेशमा शिक्षक सेवा पनि निवृत्तिभरण कोषमा समावेश हुने उल्लेख थियो। तर, शिक्षकहरूमा यो व्यवस्था कहिलेदेखि लागू हुन्छ भन्नेबारे अन्योल थियो। आजको मन्त्रीपरिषद् बैठकमा मैले यो विषय राखें। ऐन लागू भएपछि, अर्थात् २०८१ सालबाट मात्रै शिक्षक सेवा निवृत्तिभरण कोषमा समावेश हुनेछ।’

मन्त्री भट्टराईले २०२१ सालसम्मका शिक्षकहरू भने पेन्सनकै प्रावधानमा रहने जानकारी दिइन्। उनले थपिन्, ‘२०२१ सम्मका शिक्षकहरूको लागि पहिलेकै पेन्सन प्रावधान यथावत् रहनेछ। २०८१ सालदेखि लागू हुने ऐनले नयाँ शिक्षकहरूलाई मात्रै समेट्नेछ।’

प्रकाशित: ७ माघ २०८१ २०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App