८ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदमा पूर्व मुख्यमन्त्रीको भाषण: म पनि २-४ मुक्का हान्नेमा थिए, साथीहरूले रोके

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूमाथि आक्रमण गर्नेलाई प्रतिकारमा उत्रन साथीहरूले रोकेको बताएका छन्।

सोमबार प्रदेश सभाको बैठकमा बोल्दै उनले सेक्युरिटीलाई पन्छाएर आफूलाई हानेको र त्यसको प्रतिकारमा उत्रन खोज्दा साथीहरूले रोकेको बताएका हुन्।

उनले सभामा भने, ‘भिआइपीलाई साइड दिनुभएन ठिकै छ तर सडकमा त भिआइपी मात्रै होइन, अरु पनि हिँड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्युरिटीलाई पन्छाएर मलाई हानेको हो। सदनलाई नढाँटी भन्नुपर्छ, म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिएँ, तर मलाई साथीहरूले रोक्नुभयो।’

उनले आफूमाथि भएको आक्रमण नियोजित नभएको पनि बताएका छन्। त्यस कारण उजुरी नदिएको पनि उनको भनाइ छ। 

शनिबार साँझ झापामा पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण भएको थियो। थापा सवार गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवारी गाडीलाई ओभरटेक गर्दा विवाद भएपछि त्यही गाडीभित्र रहेका प्राधिकरणका कर्मचारीले पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गरेका थिए। आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको थियो।

प्रकाशित: ७ माघ २०८१ १८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App