६ माघ २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद् छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरुद्धको काम: चन्द्र भण्डारी

फाइल।

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरोधी क्रियाकलाप भएको टिप्पणी गरेका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भण्डारीले संसद् रहेको अवस्थामा संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरोधी काम भएको टिप्पणी गरेका हुन्।

उनले नेपालमा बहुदलीय व्यवस्था, विधिको शासन र संसदीय व्यवस्था लामो समय लडेर ल्याइएकाले संसद् रहेको वेला संसद्लाई छलेर अध्यादेश ल्याउनु विधिको शासन विपरीतको काम मात्रै नभई सांसदहरूकै अपमान भएको जिकिर गरे।

उनले कानुन चाहिएकै भए संसद्को अधिवेशन बोलाएर फाष्ट् ट्र्याकबाट पनि बनाउन सकिने स्पष्ट पारे। ‘बहुमत छ भन्दैमा पेलिलिदिने भन्ने हुँदैन हामीले विधि खोजेको हो, अध्यादेश ल्याउनु विधिको शासन विपरीत हो।’ उनले भने।

संसदीय व्यवस्थामा बहुमत र अल्पमतका आधारमा मात्रै निर्णय हुनुपर्छ भन्ने नभई एक व्यक्तिको पनि कुरा सुन्नुपर्छ भन्ने व्यवस्था नै संसदीय व्यवस्था भएको उनले स्पष्ट पारे।

केही दिन पहिले मात्रै सरकारले अध्यादेश जारी गरेर केही कानुनहरू संशोधन गरेको थियो।

प्रकाशित: ६ माघ २०८१ १८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App