एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेटेको भन्दै नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले दुई नेतालाई कारबाहीको सिफारिस गरेको छ।
एमाले जिल्ला कमिटी कैलालीको शनिबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाहीको सिफारिस गरेको हो।
कृष्णराज सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी र भीष्म सुवेदीलाई जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरिएको बताइएको छ। कारबाही सिफारिस गरिएका कृष्ण र भीष्म बाबुछोरा हुन्।
कारबाही सिफारिस भएका कृष्णराज सुवेदीले भीम रावल आफ्नो आदरणीय नेता भएर भेट्न गएको बताएका छन्। नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन भए पार्टी स्वेच्छाचारी बन्दै गएको उनले टिप्पणी गरेका छन्।
प्रकाशित: ६ माघ २०८१ १४:०३ आइतबार