आइतबार (आज) तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ।
त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने जनाइएको छ।
त्यस्तै बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
प्रकाशित: २८ पुस २०८१ ०९:१४ आइतबार