२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- सामाजिक प्रेरणाका नायक बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले मुलुकमा सामाजिक प्रेरणाका नायकको आवश्यकता रहेको बताएका छन्। 

शुक्रबार नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक 'आमा, सपना र ताराहरू’ लोकार्पण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्।

'मुलुकमा सामाजिक नायक चाहिएको छ। सम्माननीय पूर्वराष्ट्रपति यहीँ हुनुहुन्छ। सामाजिक प्रेरणाका नायक बनिदिनुस्। तमाम आमा, दिदीबहिनीहरूले तपाईंलाई चिन्नुभएको छ,' उनले भने।

अगाडि उनले भने, 'साथीहरूले पुन: राजनीतिमै फर्किन चाहनुभएको हो कि भन्ने पनि भन्नुहुन्छ। आफूलाई कहाँ राख्ने भन्ने कुरा त मैले के भनिरहनुपर्‍यो तर, मुलुकलाई सामाजिक परिवर्तनका लागि नायक चाहिएको छ।'

पूर्वराष्ट्रपति भण्डारीले पुन: सक्रिय राजनीतिमा आउने चाहना देखाइरहेकी छन्। यहीबेला महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्।

प्रकाशित: १९ पुस २०८१ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App