नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेभित्र धेरै उकुसमुकुसको स्थिति रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै महासचिव भुसालले यस्तो अवस्थामा पार्टी अध्यक्षबाट केपी शर्मा ओली हटे मात्र माहौल शान्त हुने बताएका हुन् ।
‘नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन्,’ महासचिव भुसालले भने, ‘यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ ।’
अध्यक्ष ओलीको पार्टी नेताहरूलाई कारबाही गर्ने प्रयोग असफल भइसकेको भुसालले दाबी गरे । उनले भने, ‘उहाँको प्रयोग असफल भएको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो ।’
प्रकाशित: १३ पुस २०८१ १४:५५ शनिबार