४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारका प्रवक्ता भन्छन्- सबैतिर भ्रष्टाचारीहरूको बिगबिगी छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबैतिर भ्रष्टाचारीहरूको बिगबिगी रहेको बताएका छन् । 

बिहीबार लमजुङको क्व्होलासोथार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न पुगेका गुरुङले यस्तो बताएका हुन् ।

'सबै ठाउँ कमिसनखोरीहरूको बिगबिगी छ, भ्रष्टाचारीहरूको बिगबिगी छ,' गुरुङले भने ।

यस्तै उनले अहिले छोटो-छोटो समयमा सरकार ढल्ने समस्याको अन्त्य भएको बताए । दुई ठूला दलले यसको अन्त्य गरेको उल्लेख गर्दै उनले भने, 'कमसेकम अहिले यो समस्या छैन ।'

उनल संसद्का दुई ठूला दलहरू त्यसकै लागि मिलेको पनि बताए ।

प्रकाशित: ४ पुस २०८१ १६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App