१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान (फोटो फिचर)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकृत क्याडेटहरुलाई सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) दर्जाको आयुक्त पद प्रदान गरेका छन्।

विहीबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम लिएका अधिकृत क्याडेटलाई विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका हुन्।  समारोहमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए।

समारोहमा प्रधानमन्त्री ओलीले सि.सं.५६ अधिकृत क्याडेट आधार तालिममा प्रथम हुने अधिकृत क्याडेट प्रशान्त खड्का तथा सि.सं.४६ पदिक/हुद्धा अधिकृत क्याडेट आधार तालिममा प्रथम हुने हुद्धा अधिकृत क्याडेट नारायण चौलागाईलाई ‘सोर्ड अफ अनर’ प्रदान गरेका थिए। त्यसैगरी, सि.सं.५६ अधिकृत क्याडेट आधार तालिममा महिलातर्पm प्रथम हुने महिला अधिकृत क्याडेट सलिना खड्कालाई ‘केन अफ अनर’ प्रदान गरे। माल्दिभ्सबाट सहभागी भएका अधिकृत क्याडेट मोहम्मद मिस्वाहलाई ‘बेष्ट स्पोर्टस स्प्रिटेट अवार्ड’ प्रदान गरेका थिए।

२४ महिना अवधिको उक्त तालिममा सहभागी ९ जना महिला अधिकृत क्याडेट, ७४ जना पुरुष अधिकृत क्याडेट, १ जना विदेशी अधिकृत क्याडेट तथा ८ जना पदिक÷हुद्धा अधिकृत क्याडेट गरी ९२ जना अधिकृत क्याडेटलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधंैँ तयार रहन निर्देशन दिए। मुलुक अहिले शान्तिपूर्ण अवस्थामा रहे पनि भविष्यमा आउन सक्ने खतरातर्फ सजग हुनुपर्ने आँैल्याउँदै भने, ‘हाम्रो देशभित्र केही अतिवादी तत्वहरू हिंसात्मक गतिविधिमा सक्रिय हुन थालेका छन्, देशमा जातीय र क्षेत्रीय नाममा द्वन्द्व फैलाउने सक्ने खतरा देखिएको छ, यी विषयहरू सुरक्षा चुनौतीको रुपमा आउन सक्छ, यसतर्फ सचेत हुन आग्रह गर्दछु।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका विभिन्न आयामको जानकारी लिई एक्काइसौँ शताब्दीको मुख्य चुनौती र खतरा साइबर सुरक्षाका लागि भरपर्दो योजना बनाएर सुरक्षा निकायबीच समन्वय गर्न आग्रह गरे। नेपाली सेनाले देश निर्माण र शान्ति सैनिकका रुपमा विश्वमा चिनाएको छ भन्दै उनले प्रशंसा गरेका थिए।

समारोहमा रक्षामन्त्री ईश्वर पोखरेल, तीन नम्बर प्रदेशका प्रदेश प्रमुख, भक्तपुर जिल्लाका सांसद, रक्षा सचिव, पूर्व प्रधान सेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको समेत उपस्थिति  थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App