४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वोच्च बार निर्वाचनमा कांग्रेस–एकीकृत समाजवादी गठबन्धन

नेपाल बार एसोसिएसन सर्वोच्च अदालत बार इकाईमा काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र एकीकृत समाजवादीनिकट समाजवादी कानुन व्यवसायी सङ्गठन (एसपिएलए) बिच चुनावी गठबन्धन भएको छ । 

पुस २० गते हुन लागेको सर्वोच्च बारको निर्वाचनका लागि डिएलए र एसपिएलएले चुनावी गठबन्धन गरेका हुन् । 

दुई वकिलका सङ्गठनबिच भएको चुनावी तालमेल अनुसार डिएलएले अध्यक्षसहित १० सिटमा उम्मेदवारी प्राप्त गरेको छ भने, एसपिएलएले उपाध्यक्षसहित चार सिटमा उम्मेदवारी दिएको छ ।

जसअनुसार अध्यक्षमा डिएलएका तर्फबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल उम्मेदवार भएका छन् भने, उपाध्यक्षमा एसपिएलएका अमरबहादुर राउत उम्मेदवार बनेका छन् । 

यस्तै डिएलएबाट सचिवमा रमणकुमार कर्ण, कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत र खुला सदस्यमा इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, प्रमोद रेग्मी, पुरुषोत्तमप्रसाद लोहनी उम्मेदवार बनेका छन् । 

एसपिएलएबाट महिला सहसचिवमा पुनदेवी महर्जन र सदस्यमा दुर्गामोहन श्रेष्ठ, प्रदीप राजवंशी उम्मेदवार बनेका छन् । 

प्रकाशित: ३ पुस २०८१ १७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App