१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मानन्धर

सुर्खेत– कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विद्याभुषण मानन्धर नियुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई बुधबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

मानन्धरले बुधबारदेखि कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा मानन्धरलाई उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश हरिकुमार पोखरेलले पद तथा गोपनीयताको सपथ खुवाए।

माओवादी केन्द्र निकटका कानुन व्यवसायी मानन्धर २०५२ सालदेखि कानुन क्षेत्रमा कार्यरत छन्। उनलाई नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम नियुक्त गरिएको हो। बुवा लभमान श्रेष्ठ र आमा बालकुमारीको कोखबाट २०२६ सालमा जन्मेका मानन्धरले नेपाल ल क्याम्पसबाट विएल उत्तीर्ण गरेका छन्।

प्रकाशित: २८ चैत्र २०७४ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App