१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचारले नेपाली राजनीति बदनाम भयो: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार भएको बताएका छन्। उनले भ्रष्टाचारकै कारण राजनीति बदनाम भएको भन्दै यसको अन्त्य आफैंबाट सुरु गर्नुपर्नेमा जोड दिए।

शनिबार काठमाडौंमा आयोजित सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार नगर्ने, गर्न नदिने, र गर्ने व्यक्तिलाई कारबाही गर्ने हो भने मात्रै सुधार सम्भव हुने धारणा राखे।

उनले भने, ‘भ्रष्टाचारका घटनामा तत्काल कारबाही गर्न थाल्दा मात्रै सातो जाने अवस्था आउँछ। बेथितिका विरुद्धमा जुध्न थालेपछि मात्रै थिति बस्छ।’

उनका अनुसार नेपाली राजनीतिको अर्को गम्भीर समस्या व्यक्तिवाद र अहङ्कार हो। ‘नेताहरूमा मैमत्तपना, अरू केही पनि जान्दैनन् भन्ने सोच, सङ्कीर्ण दृष्टिकोण, र सामरिक दृष्टिकोणको अभावले समस्या निम्त्याएको छ,’ उनले थपे।

अध्यक्ष नेपालले उत्पादनमा आकर्षण घट्न नदिन बजारको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औंल्याए। देशभित्रै रोजगारी सिर्जना गर्न र बजेट निर्माण प्रक्रियामा गम्भीर पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिए। ‘राष्ट्रिय उत्पादनको वृद्धि नै हाम्रो प्राथमिकता हुनुपर्छ,’ नेपालले भने।

नेपाली राजनीति र अर्थतन्त्रका समस्या समाधानका लागि सुधारात्मक उपायको खाँचो रहेको उनको धारणा थियो।

प्रकाशित: २२ मंसिर २०८१ १९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App