८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

चीनमा झलनाथ : नेपाल-चीन रेल सेवाले जोड्न सके गुणात्मक विकास हुन्छ

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनलाई रेल सेवाले जोड्न सके गुणात्मक विकास हुने बताएका छन् ।

शुक्रबार चीनमा आयोजित 'अन्डरस्टान्डिङ चाइना कन्फरेन्स' मा आफ्नो धारणा राख्दै खनालले यस्तो बताएका हुन् ।

'यदि नेपाल र चीनबीच रेल सेवा सुरु गर्न सकियो भने यी दुई विशाल जनसंख्या भएका क्षेत्रहरूबीचको आपसी कनेक्टिभिटीमा गुणात्मक विकास ल्याउने र यसले विश्व अर्थतन्त्रमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा कुनै शङ्का छैन,' धरणा राख्ने क्रममा खनालले भने, 'तसर्थ, हामी समस्त नेपालीहरू यो विराट सम्भावना कहिले यथार्थमा परिणत हुन्छ भनेर तीव्र प्रतीक्षा गरिरहेका छौँ।'

उनले सन् २०१९मा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा यही कुरा बोलेको समेत स्मरण गराए । 'महामहिम राष्ट्रपति सीले भन्नुभएको थियो- अब चीन र नेपालको बीचमा  ट्रान्स-हिमालयन कनेक्टिभिटी निर्माण गर्नुपर्दछ, ट्रान्स-रेलवे कनेक्टिभिटी विकास गर्नुपर्दछ र नेपाललाई एक भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकको रूपमा रूपान्तरण गर्नुपर्दछ । राष्ट्रपति सी जिङपिङको यो एउटा दूरगामी,  गहिरो र महत्त्वपूर्ण प्रतिबद्धता थियो,' उनले भनेका छन् ।

प्रकाशित: २१ मंसिर २०८१ २०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App