१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सप्तरी: डाक्नेश्वरीको दुवै वडामा जसपा नेपाल विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन्।आइतबार सम्पन्न उपनिर्वाचनमा साहले ६ सय ५२ मत प्राप्त गरि विजयी भएका हुन्।

नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै नगरपालिकाको वडा नम्बर ४ मा भएको उपनिर्वाचनमा पनि जसपाले बाजी मारेको छ। वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका देवेन्द्र प्रसाद यादव विजयी भएका हुन्। आइतबार सम्पन्न उपनिर्वाचनमा यादवले तीन सय ७२ मत प्राप्त गरि विजयी भएका हुन् । नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरेका छन् । जनमत पार्टीका उदय नारायण पण्डितले दुई सय ३१, नेकपा एमालेका संजय कुमार यादवले ७८, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का भागवत रामले ९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित: १७ मंसिर २०८१ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App