२० मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

कीर्तिपुरमा राति १० बजेबाट मतगणना सुरु गर्ने सर्वदलीय सहमति

आइतबार साँझ मतदान सम्पन्न भएको कीर्तिपुरमा राति १० बजेबाट मतगणना सुरु गरिने भएको छ ।

साँझ बसेको सर्वदलीय बैठकले राति १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सुरुमा वडा नं. १ बाट गणना गरिनेछ।

वडा नं. १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नं. वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ ।

मेयरमा जस्तै १ नं. र ४ नं. वडाका वडाध्यक्षको निधन भएपछि उपचुनाव भएको हो ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट प्राडा शिवशरण महर्जन छन् । यस्तै स्वतन्त्र राजमान मानव छन् ।

मुख्यगरी यी चार उम्मेदवारका बीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

गत निर्वाचनमा त्यहाँबाट कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मतका साथ निर्वाचित बनेका थिए । तर, उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित: १६ मंसिर २०८१ २०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App