१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदान केन्द्रमा बुथ निर्माण,सुरक्षा समितिद्वारा स्थलगत निरीक्षण

<br>

कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि मतदान केन्द्रमा बुथ निर्माण गरिएको छ।

निर्वाचनका लागि कर्मचारीहरू बिहीबार नै मतदान केन्द्रमा पुगी सकेका थिए।सो वडाको ३ वटा विद्यालयमा ६ वटा मतदान केन्द्र कायम गरिएको छ।मतदानका लागि सबै बुथहरूमा कर्मचारीहरू पुगी सकेको र बुथ निर्माण भई सकेको सहायक निर्वाचन अधिकृत अमर ओलीले बताए।

कर्मचारीहरू मतपत्र र निर्वाचनका सामाग्रीहरू सहित पुगेका हुन। उनीहरुले शुक्रवार बुथ निर्माण गरेका हुन।आधारभूत विद्यालय अनराठमा क र ख गरी दुई केन्द्र छन्। यस्तै पूर्ण केशर मावि बगदी र बिकुली पश्चिम डिहको मदर्सामा पनि क र ख केन्द्र छन्।

 निर्वाचनमा कुल ३० कर्मचारी र ६ स्वयंसेवक खटेका छन्। यस्तै २ सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्। यसै बिच निर्वाचन स्थल र केन्द्रको जिल्ला सुरक्षा समितिले शुक्रवार दिउसो स्थलगत निरीक्षण र अनुगमन गरेको छ।

प्रजिअ विश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक निरंजनदत्त भट्ट र सशस्त्र प्रहरी उपरिक्षक रामजंग सहितको टोलीले निरीक्षण गरेका हो। प्रजिअ विश्व प्रकाश अर्यालले निर्वाचनलाई स्वच्छ,निष्पक्ष, व्यवस्थित र धाधलीरहीत बनाउन कुनै कसर नछाडिएको बताए।उनले निर्वाचनमा नेपाली सेना सहितको ३ घेरामा सुरक्षा प्रदान गरिने बताए।

निर्वाचनमा वडाध्यक्षका लागि १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन्। कुल ४ हजार ८६८ मतदाता रहेका छन्। कांग्रेसबाट विजयी भएका वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन हुन लागेको हो। मंसिर १३ गते. राति १२ बजे देखि मौन अवधि सुरु भएको छ। मौन अवधिमा कुनै पनि किसिमको प्रचारप्रसार र भोट माग्न नपाइने भए पनि यही बेला उम्मेदवार र उनका समर्थकले घर घरमा भेटेर मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन्। 

प्रकाशित: १४ मंसिर २०८१ १९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App