१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय समितिको बैठक रोकेर चुनाव प्रचारमा सांसद

आआफ्नो पार्टीले खटाएपछि सांसदहरू संसदीय समितिका बैठक रोकेर निर्वाचन क्षेत्रतर्फ लागेका छन्। संसद्मा यतिबेला उपनिर्वाचनबाट आउने नतिजालाई २०८४ मा हुने स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन परिणाममा पर्ने असरसँग जोडिएको छ, जसका कारण सबै दलहरूको ध्यान स्थानीय तहतर्फ केन्द्रित भइरहेको कांग्रेसका एक सांसदले बताए।

यसबीचमा कुनै पनि समितिले बैठक बोलाएका छैनन्। आफ्नो गृहजिल्लानजिक पर्ने निर्वाचन क्षेत्रमा उनीहरूलाई खटाइएको छ। प्रायः सबै सांसद नतिजा नआएसम्म संसद्मा फर्कने सम्भावना नदेखिएको संसद् सचिवालयका अधिकारीहरू बताउँछन्।

 आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुन लागेको हो।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौं महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौंडा नगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, रुकुम (पूर्वी) पुथा उत्तरगंगा गाउँपालिका– २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका– १ को वडाध्यक्ष पदमा निर्वाचन हुनेछ।

यसैगरी, ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३, झापाको कन्काइ नगरपालिका– ६, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपलिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ र ४, धनुषाको धनुषाधाम नगरपालिका– १, महोत्तरीको रामगोपालपुर नगरपालिका– २, रौतहटको इशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका– ६ र गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

दैलेखको दुल्लु नगरपालिका– १३, कालिकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुशे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

प्रकाशित: १३ मंसिर २०८१ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App