१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डाः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन्। 

मुलुकमा देखिएको सम्पुर्ण रोग,भोक, गरिबी,अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था,एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेति गरि षड्यन्त्र पुर्बक ढंगबाट राजसंस्था र  सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको समेत थापाले बताएका छन्।  

विराटनगरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको आरोप लगाए। सबै समस्याको अचुक रामबाण औसधि गणतन्त्र,धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न बिदेशीले करोडौ पैसा खर्च गरेको समेत उनको टिप्पणी थियो। विदेशीको दबाब, प्रभाब र सत्तास्वार्थमा माओवादी सङ्गै काङ्ग्रेस एमाले पनि बहकिएको भन्दै थापाले माओवादी मार्फत बिदेशिले खेलेको र काङ्ग्रेस एमाले समेत प्रयोग भएको बताए।

अहिलेको भ्रष्ट व्यवस्था र शासकबाट मुक्ती पाउनका लागि जनता सडकमा आउनुपर्नेमा जोड दिदै थापाले सबै राष्ट्रबादी, हिन्दुबादी र संघीयता बिरोधीहरु एक ठाउँमा आउनुपर्मे औल्याए। समान विचार भएकाहरु एक ठाउँमा आउन ढिला गर्न नहुमे भन्दै थापाले एजेन्डा स्थापित गर्नको लागि ठुलो छाती र त्यागको भावना आब्श्यक पर्ने स्पष्ट पारे।

'पद प्रतिष्ठा, स्वार्थ, महत्त्वकांक्षा पालेर राष्ट्रबादी आन्दोलन टुङ्गोमा नपुग्ने भन्दै थापाले राप्रपा नेपाल सबै त्यागेर एजेन्डा केन्द्रित हुनेछ'. थापाले भने।

प्रकाशित: १२ मंसिर २०८१ १८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App