नेपाली कांग्रेसले बीआरआई अन्तर्गत ऋण लिन नसकिने बताएको छ। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले चिनिया सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान रकम नै कार्यान्वयन नभएको भन्दै ऋण लिन नसकिने बताएका हुन्।
एक कार्यक्रममा प्रवक्ता महतले बीरआईका परियोजना अनुदानमा गर्नु पर्ने भन्दै ऋणमा गर्न नसकिने बताएका हुन्। उनले चिनिया परियोजना बीआरआईबारे कांग्रेसको दोहोरो नीति नभएको भन्दै अनुदान मार्फत नै अगाडि बढ्नु पर्ने पार्टीको मान्यता कायमै रहेको बताएका हुन्।
अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको सम्झौता गर्न नसकिने महतको भनाई छ।
डा. महतले चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान नहुने बताए। महतले विआरआइ अन्तर्गत नै अनुदान सहयोग माग्नु पर्ने बताए।
प्रकाशित: ७ मंसिर २०८१ १३:५९ शुक्रबार