८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिबद्ध छ: कृषि मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कफी खेतीलाई मुलुकको प्रमुख आम्दानीको स्रोतको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

शुक्रवार २० औँ राष्ट्रिय कफी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले निजी क्षेत्रका लगानीकर्ताहरूलाई कफी खेतीतर्फ आकर्षित गर्न सरोकारवालाहरूसँग आग्रह गरेका हुन।उनले कफी खेती गर्ने कृषकलाई उत्साहका साथ खेतीमा लाग्न आग्रह गर्दै सरकार कफी खेतीको प्रवद्र्धनका लागि प्रतिबद्ध बताए।

उनले मध्य पहाडमा रहेको बाँझो जमिनमा कफी खेती बढाउन सके देशको अर्थतन्त्र उकास्नका लागि महत्त्वपूर्ण सहयोग मिल्ने बताए। उनले जलवायु परिवर्तनको असरका बाबजुद नेपाली कफीले पाएको अन्तर्राष्ट्रिय बजारबाट सन्तुष्ट हुनुपर्ने बताए।आर्थिक स्रोतको अभावमा देशको विकास नभइरहेको भन्दै कफी खेती देशको अर्थतन्त्रको मुख्य स्रोत बन्न सक्ने उनको विश्वास थियो।

आउँदो आर्थिक वर्षको बजेटको समय नजिकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले व्यवसायीहरुको सुझावको आधारमा कफी खेतीको योजनालाई बजेटमा समावेश गर्ने आश्वासन दिए।

प्रकाशित: ७ मंसिर २०८१ १९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App