६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध: वनमन्त्री ठकुरी

.

.

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उनले सो असरलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको बताएका हुन्।

विश्व बाल दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको जनाए।

मन्त्री शाहीले भने, ‘जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु। जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिईआएको छ। र, दिनेनै छ।’ 

जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उनले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पारे।  

‘म आफ्नो परिवार र समुदायमा जलवायु परिवर्तनका जनचेतना फैल्याउने, कार्वन फुटप्रिन्ट घटाउने स्रोतहरुको संरक्षण गर्ने र जलवायु अभियानको पैरवी पनि गरिरहेको छु। र गर्ने नै छु।’ उनले भने।

त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ मंसिर २०८१ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App