मंसिर १६ मा हुने उप निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेकपा एसका उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन्।
सुनसरीको गढी गाउँपालिका–६ मा एकिकृत समाजवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार डमी उराँव नेकपा एमालेमा प्रवेश गरेका हुन्। आफ्नो मनोनयन फिर्ता लिँदै उनले नेकपा एमालेका उम्मेदवार सन्तु उराँवलाई मतदानका लागि अपिलसमेत गरेका छन्। उनलाई एमाले नेतृ तथा पूर्वमन्त्री भगवती चौधरीले स्वागत गरेकी हुन्।
आफ्नो उम्मेदवारी फिर्ता लिदैँ उनले भनेका छन्, ‘देशको वर्तमान राजनितिक अवस्था तथा समावेशीताको, संघियताको र लोकतान्त्रीक गणतन्त्रको चीरहरण गर्न देशी विदेशी प्रतिकृयावादी लागेको संगीन मोडमा मैले आफ्नो उम्मेदवारीका कारण कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा स्थापित नेकपा (एमाले)लाई क्षती पुग्ने महसुस गर्दै आजका मिति देखि आफ्नो पुरानो घर, नेपाली जनताको आस्थाको पुञ्ज नेकपा (एमाले)मा समाहित हुँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको छु ।’
प्रकाशित: ५ मंसिर २०८१ १४:१८ बुधबार