६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री समक्ष आग्रह

.

पोखराको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय उडान सुरु गर्न गण्डकी प्रदेशका मन्त्री र पर्यटन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित भेटघाटमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि केन्द्र सरकारले पहल गर्न माग गरेको हो।

मन्त्री बस्यालले पोखरालाई देशकै पर्यटकीय राजधानीका रूपमा घोषणा गर्न र अन्तर्राष्ट्रिय उडानमार्फत यहाँ पर्यटक भित्र्याउन सरकारको सहयोग आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा आफ्नो आगामी चीन भ्रमणका क्रममा पर्यटक बढाउन चीन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए।

साथै, पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहल गरिने आश्वासनसमेत दिए।

भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, प्रदेशका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायतको उपस्थिति थियो।

प्रकाशित: ४ मंसिर २०८१ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App