६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छः जनार्दन शर्मा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वबीच एकले अर्कोलाई झुक्याउने कुरा घातक रहेको टिप्पणी गरेका छन्।

पछिल्ला दिनमा सत्तामा टाँसिरहनका लागि राजनीतिक नेतृत्वबीच छक्याउने, झुक्याउने सोच र प्रवृत्ति देखिएको जिकिर गर्दै उनले त्यो कुरा मुलुकको राजनीतिक क्षेत्रका लागि नै घातक भएको टिप्पणी गरेका हुन्।

मंगलबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्वले शासनमा भन्दा राशनमा ध्यान दिने खालको नीति लियो भने मुलुकमा फेरी सम्हाल्न नसक्ने गरी द्वन्द्व शुरु हुने पनि बताए।

उनले भने, ‘नेतृत्वले एकले अर्कालाई छक्याउने, झुक्याउने, कसरी हुन्छ आफ्नो हातमा सत्ता राखिराख्ने खालको जो सोच र प्रवृत्ति र संस्कृतिको विकास भएको छ। यो धेरै हानिकारक छ राजनीतिक क्षेत्रमा। यसैले वितृष्णा पैदा गरेको छ। एकले अर्कोलाई धोका दिने, छक्याउने खालको कुराले, सत्तामा टाँसिरहने र इगो टकराउने खालको कुरा र शासनमा भन्दा राशनमा बढी ध्यान दिने खालको नीति भयो भने फेरी द्वन्द्व हुन्छ । त्यो सम्हाल्न सकिँदैन।’ 

प्रकाशित: ४ मंसिर २०८१ १७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App