६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

रौतहटको तीन वडामा उत्साहजनक मनोनयन दर्ता

.

.

स्थानीय तहको उपनिर्वाचनको लागि रौतहटमा उत्साहजनक मनोनयन दर्ता भएको छ।

रौतहटको गढीमाई, राजपुर र ईशनाथ नगरपालिकाको एक-एक वडामा अध्यक्ष पदका लागि मंसिर १६ मा हुन लागेको उपनिर्वाचनका लागि उत्साहजनक मनोनयन दर्ता भएको हो।

रौतहटको गढीमाई नगरपालिका –८, राजपुर नगरपालिका –६ र इशनाथ नगरपालिका –७ को वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा आइतबार विभिन्न दलका नेता, कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरु निकै तामझाम, रैली जुलुस तथा बाजागाजासहित वडा कार्यालय पुगेर मनोनयन उम्मेदवारी दर्ता गराएका छन्।

गढीमाई नगरपालिका –८ विरनगराको वडा अध्यक्ष पदका लागि दल र स्वतन्त्रबाट गरी कुल १६ जनाको उम्मेदवारी परेको छ। विभिन्न ७ दलबाट र ९ स्वतन्त्र गरी वडाध्यक्षका लागि १६ जनाले मनोनयन दर्ता गराएका हुन्।

गढीमाई नगरपालिका –८ को वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट सुबोध कुमार यादव, नेकपा एमालेबाट जीउती देवी यादव, नेकपा एकीकृत समाजवादी पार्टीबाट बजरंगी प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालबाट संदेश प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी जनमत पार्टीबाट सुरेन्द्र राउत कुर्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबालक साह र राष्ट्रिय मातृभूमि पार्टीबाट साहेबलाल राउतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

वडाध्यक्षका लागि अनिल कुमार यादव, चन्द्रिका प्रसाद यादव, दिनेश राय यादव, नरेन्द्र ठाकुर, रामविधार्थ प्रसाद जयसवाल, राम विशवास राय यादव, रामसिंह राय यादव र श्रीश्याम प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राजपुर नगरपालिका –६ का वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट समसे आलम र ईशनाथ नगरपालिका –७ को वडा अध्यक्षमा शेख अब्दुल खलीकले आफ्ना उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन्।

राजपुर र ईशनाथमा विभिन्न दलका साथै अन्य स्वतन्त्र उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन्। 

प्रकाशित: २ मंसिर २०८१ २०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App