३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गगनका ‘स्किल अप’ को छैटौँ क्याम्पेन मङ्सिर ८ माः सहभागिताका लागि आवेदन आह्वान

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसदको कार्यालय मार्फत गरिरहेको ‘स्किल अप’ को छैटौँ ‘क्याम्पेन’का लागि आवेदन आह्वान भएको छ । मङ्सिर ८ गते हुने छैटौँ क्याम्पेनको गगनले ‘फाइनान्सियल फ्रोन्टियर’ शीर्षक दिएका छन् । 

वित्तीय ज्ञान र व्यक्तिगत वित्तको व्यवस्थापनसँग सम्बन्धित सीप सिक्न चाहने युवाले आवेदन दिएर क्याम्पेनमा सहभागी हुन सक्ने जनाइएको छ ।

जसका लागि डिजिटल माध्यमबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन दिँदा सूचनासँगै रहेको क्युआर कोड अथवा त्यहाँ रहेको लिंकमा गई फाराम भर्नुपर्ने जनाइएको छ । 

गगन काठमाडौं–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सोही भूमिकाअनुसार सांसदको कार्यालय बनाएर विभिन्न नागरिकलक्षित कार्यक्रमहरू गर्ने गर्छन् । 

यसैअनुसार युवाहरूलाई लक्षित गरेर गगनले पछिल्लो एक वर्ष यता ‘स्किल अप क्याम्पेन’ गर्दै आएका छन् । जसमा युवासँग युवाका कुरा गर्ने गगनको धारणा छ । जसमा आशा, सम्भावना, उद्यमशीलता, सूचना, प्रविधिलगायतका विषयमा क्याम्पेनहरू सञ्चालन गर्दै आएका छन् । 

यो क्याम्पेनको पाँचौँ संस्करण साउन २८ र चौथो संस्करण असार २२ मा गरेका थिए । पाँचौँमा ‘आइडिया इन्टरप्रेनरशीप बुट क्याम्प’ शीर्षक र चौथोमा ‘प्रोम्ट इन्जिनियरिङ: अनलकिङ एआई पोटेन्सियल’ शीर्षकमा क्याम्पेन सम्पन्न गरेका थिए ।  

प्रकाशित: २९ कार्तिक २०८१ १६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App