२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ।  

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाले बताए। उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी थिइन्।

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। रासस 

प्रकाशित: २९ कार्तिक २०८१ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App